प्रचण्ड पहिलो पटक सार्वजनिक भएको स्थानमा शान्ति स्तम्भ बन्ने

पोखरा । तत्कालीन सशस्त्र आन्दोलनरत माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक सार्वजनिक स्थलमा शान्ति स्तम्भ बन्ने भएको छ । 

विस्तृत शान्ति सम्झौताका हस्ताक्षर भएपछि तत्कालीन सशस्त्र आन्दोलनरत माओवादी पार्टीका अध्यक्ष प्रचण्ड कास्कीको सिक्लेसमा पहिलो पटक सार्वजनिक भएका थिए । 

तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले २०६२ जेठमा यही मादी गाउँपालिका–१ सिक्लेसबाट हेलिकोीटरमा राखेर काठमाडौं ल्याएका थिए । 

प्रचण्ड पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गर्न लागिएको मादी गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले जानकारी दिए ।

कास्कीको सिक्लेस नेपालको शान्ति प्रक्रियाको प्रारम्भ बिन्दु भएको उनले बताए । उनले भने, नेपालको अक्षांश देशान्तर अनुसार देशकै मध्यविन्दू पनि यही ठाउँ पर्ने भएकाले शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गर्ने तयारी गरेको गाउँपालिका प्रमुख गुरुङले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?