मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको पद तथा सेवा सुविधा नघट्ने

लोकपथ
117
Shares

काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने जनाएको छ ।

सोमबार २० गते सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने र गाभिने संस्थाका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा उनीहरूको साविकमा रहेको पदअनुसारको तह वा श्रेणीभन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको छ ।

यस्तै, गाभ्ने र गाभिएर बन्ने बीमा कम्पनीका कर्मचारीहरुलाई कुनै मर्का नपर्ने गरी र खाईपाई आएको तलब भत्ता तथा सुविधा नघट्ने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ । मर्जपछि बन्ने कम्पनीका कर्मचारी काम गर्न इच्छुक नभए उपयुक्त सुविधासहितको स्वेच्छिक अवकाशको योजना बनाई लागू गर्न समितिले निर्देशन दिएको छ ।

यसैगरी असार ६ गते जारी भएको निर्देशनबाट समितिले गाभ्ने र गाभिने कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक मर्जर समितिको सदस्य हुन नपाउने भन्ने व्यवस्था हटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?