निर्वस्त्र भएर प्रवचन दिने चर्चित जैन मुनि तरुण सागरको निधन

नयाँ दिल्ली । भारतका जैन मुनि तरुण सागर (पवन कुमार जैन)को निधन भएको छ । 

शनिबार बिहान ३ः३० बजे दिल्लीको शाहदरा, कृष्णनगरमा उनको निधान भएको भएको हो । 

भारतीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि जण्डिस रोगबाट ग्रसित जैन मुनिको दिल्लीको एक निजी अस्पतालमा उपचार गराइरहेका थिए । तर, औषधिको असर नदेखिएपछि उनले थप उपचार गर्न मानेका थिएनन् । 

उनको इच्छा अनुसार नै उनले खान पिन छोडेका थिए । 

जैन मुनि तरुण सागरको जन्म १९६७ मा मध्य प्रदेशमा भएको थियो । २० वर्षको उमेरमा नै उनी तरुण सागर जैन मुनि बनेका थिए । उनले ८ मार्च १९८१ मा गृहस्थ जीवन त्यागेर छत्तिसगढमा शिक्षादीक्षा लिएका थिए ।

तरुण सागर कडा प्रवचनका कारण चर्चित थिए ।

शरीरमा कपडा विना नै उनले भारतका धेरै विधानसभामा पनि प्रवचन दिएका छन् । उनको ‘कडवे प्रवचन’ नामक उनको पुस्तक निकै प्रचलित छ । 

उनको शनिबार दिउँसो तीन बजे दिल्लीको मेरठ हाइवेस्थित तरुणसागर तीर्थस्थलमा अन्तिम संस्कार गरिने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?