बलिउड फिल्म ‘तुजसा जमिपे कहाँ’को सुटिङ हुँदै

काठमाडौं । बलिउड फिल्म ‘तुजसा जमिपे कहाँ’ बनाउन लागेका नेपाली युवा निर्देशन किरण खतिवडाले अब चाँडै सुटिङ शुरु गर्ने जनाएका छन् । नेपाल सहित भारतका विभिन्न राज्यमा फिल्मको सुटिङ हुनेछ । सुटिङको अन्तिम तयारीमा रहेका किरणले सो चलचित्रबाट नेपाल भारत सम्बन्धमा नयाँ उचाई थपिने जनाएका छन् ।  नेपाली निर्देशकले भारतीय फिल्म बनाउने भएपछि भारतीय चलचित्र बजारमा किरणको हुन लागेको गेब्यूलाई नजिकबाट नियालिएको छ ।

पटकथा लेखनमा मनोरथ राजवंशीले साथ दिएको यो फिल्ममा कथाभने निर्माता किरणले नै तयार पारेको बताएका छन् । चलचित्रको दुनियाँमा सागर मानिएको बलिउडमा डेब्यू गर्न लागेका किरणले नेपाली युवाको बलिउडमा डेब्यू बलिउडका लागि पनि नयाँपनको उपहार हुनसक्ने गरीको चलचित्र निर्माण गर्न आफू दिनरात लागि परेको बताएका छन् । सोहि चलचित्रको ट्रेलर पनि उनले हालै युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

फिल्म ३५ करोड भारतीय रुपैयाँको लागतमा निर्माण हुने खतिवडाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?