२३ श्रावण २०७९, सोमवार

अर्घाखाँची खेलकुद विकास समिति अध्यक्षमा क्षत्री

२०७९,असार,२१,मंगलवार १०:४३

81
Shares

अर्घाखाँची । अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन् ।

प्रदेश खेलकुद बिकास समिति लुम्बिनिले क्षत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी २० गते नियुक्ति प्रदान गरेको हो ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले असार १९ गतेको निर्णयअनुसार २० गतेदेखि नै सक्रिय बन्नेगरी नयाँ समितिलाई अख्तियारी प्रदान गरेका हुन् ।

अध्यक्षको जिम्मेवारी पाएका क्षत्री नेपाली कांग्रेस अर्घाखाँचीका कोषाध्यक्ष हुन भने उपाध्यक्षमा एकीकृत समाजवादीका नेता पिताम्वर खनाल र कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम आले नियुक्त भएका छन् ।

त्यस्तै,सदस्यहरुमा लक्ष्मण पाण्डे, सीता भुसाल, गणेश भुसाल, सन्जय पाण्डे, रेमकला खत्री र कृष्ण भुसाल नियुक्त भएका हुन् ।

प्रकाशित मिति: २०७९,असार,२१,मंगलवार १०:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु । हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा

बैतडी । सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज

ताजा समाचार