काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको जनाइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक राखेका हुन् । कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । यो बैठकमा चुनावी समीक्षा पनि हुनेछ । कांग्रेसमा पदाधिकारी संख्या १४ छ । विधानअनुसार छ महिनाभित्र मनोनीत गरिसक्नुपर्छ ।
तर, कोषाध्यक्ष मनोनीत हुन बाँकी छ । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापति देउवाले कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भए पनि अहिलेसम्म मनोनीत गरेका छैनन् ।
यसअघि कांग्रेसमा सभापति देउवा एकलौटी रुपमा चल्न खोजेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया