यस वर्षको बीपी सेनानी सम्मान पुरस्कार चक्रप्रसाद बास्तोलालाई

काठमाडौं । जन नायक बी.पी. कोइराला स्मृति ट्रष्टले यस वर्षको बी.पी. सेनानी सम्मान पुरस्कार २०७५ चक्रप्रसाद बाँस्तोलालाई दिने निर्णय गरेको छ । 

प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पु-याए बापत बास्तोलालाई यो पुरस्कार प्रदान गरिने भएको हो । त्यसै गरी बी.पी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरीने भएको छ । 

एक लाख एक हजार रुपैयाँ राशि रहको यो पुरस्कार बी.पी. जयन्तीको अवसरमा बी.पी. ट्रष्टले आगामी भदौ २२ गते काठमाडौंमा प्रदान गर्ने छ । बी.पी. ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डाक्टर धनुषचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिको सर्वसम्मतीबाट यो निर्णय गरिएको हो ।

ट्रष्टले अघिल्लो वर्ष बी.पी. सहित्य सम्मान पुरस्कार साहित्य तर्फ प्राध्यापक डाक्टर अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरेको थियो । यस वर्ष पनि विशेष समारोहकाबीच पुरस्कार प्रदान गरीने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?