सर्लाहीको हरिवन अस्पतालमा तोडफोड

हरिवन : सुत्केरी व्यथा लागेर अस्पताल भर्ना गरिएकी सावित्री कार्कीको मृत्यु भएपछि सर्लाहीको हरिवन नमुना अस्पतालमाा स्थानीयले तोडफोड गरेका छन् । 

दिउँसो ४ बजे भर्ना गरिएकी कार्कीलार्इ अस्पतालले उपचार गर्ने जनाएपनि राती १० बजेसम्म बच्चा जन्माउन सकेको थिएन । बिरामीको अवस्था गम्भीर भएपछि अस्पतालले अाफन्तलार्इ वीरगंज लैजान सुझाव दिएको थियो । 

उपचारका लागि वीरगंज लैजाँदै गर्दा कार्कीको मृत्यु भएपछि अाफन्तजन अाक्रोशित बनेका थिए । स्थानीयबासी र अाफन्तले हरिवन नमुना अस्पतालले गरेको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालको फार्मेसी र अन्य संरचनामा तोडफोड गरेका हुन् । 

अहिले मृतक कार्कीको शवलार्इ नमुना अस्पतालको गेटमा राखेर अाफन्तजनले प्रदर्शन गरिरहेका छन् । 

तनाव नियन्त्रण गर्न भन्दै प्रहरीले करिब एक दर्जन राउन्ड अश्रुग्याँस प्रहार गरेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?