किसानलाई मल उपलब्ध गराउनु मेराे पहिलो प्राथमिकता हाे : नवनियुक्त कृषिमन्त्री यादव

लोकपथ
42
Shares

काठमाडाैं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् ।

मन्त्री यादवले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्याउनु भएको बताए । बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने उनले जानकारी  दिए ।

मन्त्री यादवले भने, ‘प्राथमिकता त सबभन्दा पहिले मलखादको अभाव छ । कृषकहरुले पाइराखेका छैनन् । त्यसैको लागि सबभन्दा पहिला मलखाद कसरी किसानहरुमा पुर्याउने सबभन्दा पहिला त्यही कुरा हो । विभिन्न कारणले मल ल्याउन सकिएन त्यो त हो तर मेरो प्रयास सकेसम्म सक्दो प्रयास गरेर किसानलाई मल पुर्याउने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?