काठमाडाैं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य पुष्टि गर्नेगरी समिति गठन गर्न निर्देशन दिएका छन् ।
सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालयमा पदबहाली गर्ने क्रममा राईले यस्तो निर्देशन दिएका हुन् ।
सरकारले लागू गरेका स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको औचित्यका विषयमा सहसचिवको नेतृत्वको अध्ययन समितिको प्रतिवेदनका आधारमा मात्रै अगाडि बढ्ने मन्त्री राईले बताए । साथै स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट लागू गर्ने कुनै मेकानिजम बिना लागू भएकाले विवाद भइरहेको उनकाे तर्क थियाे ।
पदबहाली कार्यक्रामा बाेल्दै मन्त्री राईले खर्च कसरी बढाउने भन्ने विषयमा समिति बनाएर १५ दिनभित्र सुझाव लिएर काम गर्ने र यो दुईवटा समितिले दिएको प्रतिवेदनपछि हस्ताक्षर गरेर पदबहाली गर्ने । तथा १५ दिनको दुईवटा प्रतिवेदनपछि मात्रै मन्त्रालयको कामको एक्शनमा उत्रने बताए ।
मन्त्री राईले भौतिक पूर्वाधार, यातायात, रेल तथा पानीजहाजसमेतको योजना बनाएर काम गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया