सेञ्चुरी बैंक र धुलिखेलका होटल तथा रिसोर्टबीच विशेष छुट सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेल शाखाले पर्यटकीय नगर धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेल लज रिसार्ट, धुलिखेल भिलेज रिसोर्ट, होटल सारथी, माउण्ट प्रिन्सेस होटल, धुलिखेल नेचर होम र मिरावेल रिसार्ट एण्ड होटलबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा छुट पाउने छन् । जस अनुसार होटलको फुड एन्ड बेभरेजमा धुलिखेल लज रिसोर्टमा १५ प्रतिशत, धुलिखेल भिलेज रिसोर्टमा १५ प्रतिशत, होटल सारथीमा १५ प्रतिशत, माउण्ट प्रिन्सेस होटलमा २० प्रतिशत, धुलिखेल नेचर होममा १० प्रतिशत र मिरावेल रिसार्ट एण्ड होटलमा १५ प्रतिशत छुट पाउनेछन् ।

साथै रुम शुल्कमा धुलिखेल लज रिसोर्टमा १० प्रतिशत, धुलिखेल भिलेज रिसोर्टमा १५ प्रतिशत, होटल सारथीमा १० प्रतिशत, माउण्ट प्रिन्सेस होटलमा २० प्रतिशत, धुलिखेल नेचर होममा १० प्रतिशत र मिरावेल रिसार्ट एण्ड होटलमा २० प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र होटलका रिसोर्टका प्रबन्ध संचालक प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।

यसअघि बैंकको धुलिखेल शाखा र हिमालय दृष्य रिसोर्टका विच रिसोर्टले दिने सेवा सुविधामा बैंकका ग्राहक तथा कर्मचारीहरुलाई छुट दिने सम्झौता सम्पन्न भई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?