नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ, आजै कार्यभार सम्हाल्ने

लोकपथ
217
Shares

काठमाडौं । नवनियुक्त ३ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ गरेका छन् ।

केहिबेरअघि राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीनै जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले लोकपथलाई जानकारी दिइन् ।

‘केहीबेरअघि नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।’ उनले भनिन् ।

सत्तारुढ दल जनता समाजवादी पार्टीबाट ३ जनालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
जसअनुसार वन तथा वातावरणमन्त्रीमा प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा मोहम्मद इस्तियाक राई र कृषिमन्त्रीमा मृगेन्द्रसिंह यादव नियुक्त भएका छन् ।
यसअघिक ३ मन्त्रीलाई फिर्ता बोलाउँदै जसपाले तीन नयाँ अनुहारलाई जिम्मेवारी दिएको हो । यसअघि कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव र वन मन्त्री रामसहायप्रसाद यादव रहेका थिए । यद्यपी सामान्य प्रशासनमन्त्री राजेन्द्र कुमार श्रेष्ठलाई भने जसपाले यथावतमा राखेको छ ।

यसअघि एकीकृत समाजवादीले पनि आफ्ना ४ मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीमा पठाएको थियो ।

नवनियुक्त मन्त्रीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?