प्रदेश प्रहरी ऐन विवादमा

हेटौंडा – प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच विवाद देखिएको छ ।

प्रदेश मामिला समितिले हेटौंडामा गरेको 'संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी' विषयक अन्तक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए ।

'संघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा व्यवस्था भएको अधिकार पनि नदिने' उनले भने, 'केन्द्र सरकारसँग विवाद गर्ने पक्षमा त हामी छैनौं तर, हामी गम्भीर हुनुपर्ने बेला आएको छ ।'

संविधानले बराबर अधिकार दिएको भन्दै उनले संविधानले नै व्यवस्था गरेको कुरा दिन्न भन्न नमिल्ने बताए ।  आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?