प्रदेश प्रहरीको संशोधित ऐनले प्रदेश प्रहरीलाई सक्षम बनाउन सक्दैन : सांसद खतिवडा

लोकपथ
14
Shares

काठमाडौं । नेकपा एमालेका सांसद नारायण खतिवडाले प्रदेश प्रहरीको संशोधित ऐनले प्रदेश प्रहरीलाई सक्षम बनाउन नसक्ने बताएका छन् ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । उनले प्रदेश प्रहरीको अधिकारको बारेमा ऐन जारी गरिरहँदा प्रदेश प्रहरीकै अधिकार खोसिएको जस्तो स्थिति देखिएको बताए । सांसद खतिवडाले सानो गाउँबस्तीमा र मात्रै कम जनसंख्या भएको ठाउँमा मात्रै प्रदेश प्रहरीले हेर्नसक्छ भन्ने संकुचित सोच राख्न नहुनेतर्फ सचेत गराए । उनले संशोधित प्रदेश प्रहरी विधेयकले ठूलो र घनाबस्ती भएको ठाउँमा प्रदेश प्रहरीलाई सक्षमता प्रदान गर्दै छैनौँकि भन्ने प्रशन खडा भएको बताए ।

उनले भने, ‘हामी प्रदेश प्रहरीको अधिकारको बारेमा यो ऐन जारी गर्दैछौँ । हामीले प्रदेश प्रहरीलाई सक्षम बनाउँदै छैनौँ की हामी सानो गाउँबस्तीमा मात्रै कम जनसंख्या भएको ठाउँमा मात्रै प्रदेश प्रहरीले हेर्नसक्छ । ठूलो घनाबस्ती भएको ठाउँमा प्रदेश प्रहरीलाई त्यो खालको सक्षमता प्रदान गर्दै छैनौँ कि, प्रदेश प्रहरीलाई पोखरा, विराटनगर जस्ता ठूलो बस्ती भएका शहरको सुरक्षाका लागि पनि क्षमता वृद्धि गर्नुपर्ने हुन्छ । प्रदेश प्रहरीलाई खण्डखण्डमा अधिकार दिनुको सट्टा यसको क्षमता वृद्धि गरेर आफ्नो कार्य क्षेत्रभित्र पर्ने भूगोललाई हेर्नसक्ने बनाउँछौँ वा यसैगरी खण्डीकृत गर्छौं । यसो भयो भने केन्द्र शासित भूगोलको रुपमा लिनसक्छौँ ।’

सांसद खतिवडाले ठूला शहरमा प्रदेश प्रहरीको क्षमता बिस्तार गर्न आवश्यक रहेको भन्दै प्रदेश प्रहरीलाई खण्डखण्डमा अधिकार दिनुको सट्टा यसको क्षमता वृद्धि गरेर आफ्नो कार्य क्षेत्रभित्र पर्ने भूगोललाई हेर्नसक्ने बनाउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?