यसकारण नेपाली युवा अन्योलमा

काठमाडौं- नेपाली किशोर/किशोरी तथा युवाको साझा समस्या हो के पढ्ने ? कुन पेसा रोज्ने ? के गर्दा भविष्य सुरक्षित र सफल हुन सक्ला ? यसको उत्तर पाउने ठाउँ कहीँ कतै पनि छैन । आफ्नै बुद्धिले सबै भ्याउँदैन यसका लागि परामर्श दिने ठाउँ अहिलेसम्म छैनन् । अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।  
बौद्धिक परिवारका सन्तानलाई त परिवारले केही हदसम्म बाटो देखाउन सक्छन् तर सामान्य परिवारबाट भविष्य बनाउन चाहनेका लागि ठूलो अन्योल सिर्जना हुन्छ । अन्योलमा अगाडि बढ्दा जीवनमा न चाहेजस्तो हुन्छ न खोजेजस्तो ।
यो होला कि त्यो होला कि भन्दाभन्दै केही नहुने अवस्थामा पुग्नुपर्छ । क्षमता भएकाहरू पनि अन्योलबाट गुज्रदा क्षमताअनुसारको सफलता हासिल गर्न सक्दैनन् । अन्योलका बीचमा धेरैतिर हात हाल्ने तर कतै पनि सफल र सन्तुष्ट हुन नसक्ने अवस्थामा छन् धेरै युवा ।
नेपालमा करियर काउन्सिलिङको अवधारणा र व्यवस्था नहुँदा यस्तो अवस्थाबाट युवा गुज्रनुपर्ने बताउँछन् विज्ञहरु । युवा तथा श्रम विज्ञ विष्णु खत्री भन्छन्–“आइडिया दिने कोही भएन, बुझाइदिने निकायको पनि अभाव छ । यस्तो अवस्थामा काम गर्न गाह्रो पर्छ, सहयोगका प्रक्रिया (सपोर्ट सिस्टम) र आवश्यकताका आधारमा फलो अप हुँदैन, परामर्शका प्याकेज भएनन् । सीपलाई कसरी प्रयोग गर्ने ? बजार कसरी खोज्ने ? वित्तीय साक्षरता लगायतका अति आवश्यक कुरा पनि सिकाइँदैन ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?