एसिया कप : केहीबेरमा नेपाल र मलेसिया भिड्दै

काठमाडाैं : एसिया कप छनोटका लागि केहिबेरमा नेपाल र मलेसियाबीच क्रिकेट प्रतिष्पर्धा हुँदैछ । शनिबार बिहान सवा ७ बजेदेखि शुरू हुने भनिएको खेल बर्षाका कारण केही समय पछाडि सरेको छ ।

वायामास रंगशाला, क्वालालाम्पुरमा हुँदै गरेको यो प्रतिष्पर्धा नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । 

यसअघिका दुर्इ खेल गुमाएको नेपालले अाज ५० अोभरको खेलमा मलेसियालार्इ दबाबमा राख्दै पराजित गर्न कोशिस गर्नेछ ।

जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अंक विहीन छ । यसअघि पहिलो खेलमा नेपाल ओमनसँग ७ विकेटले तथा दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स ‘युएइ’सँग ७८ रनले पराजित भएको थियो।

दुई खेल खेलको मलेशियाले २ अङ्क जोडेको छ । मलेशियाले हङ्कङलाई ३ विकेटले हराएको थियो भने ओमनसँग २ विकेटको हार बेहोरेको थियो । 

प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । युएई ४ अङ्कसहित शीर्षस्थानमा छ । युएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रन रेटका आधारमा दोस्रो स्थानमा छ । समान एक-एक खेलमा जीत हात पारेको  हङ्कङ र मलेशियाले  दुई-दुई अंक जोडेको छ ।

हङकङ तेस्रो र मलेशिया चौंथो स्थानमा छ । नेपाल पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा छ ।

छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र युएई ‘आइसिसी’ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन ‘टु’मा छ । ओमन र सिङ्गापुर डिभिजन  ‘थ्री’मा तथा मलेसिया डिभिजन ‘फो’मा छ ।

छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली एशिया कपमा सहभागि हुन पाउनेछ । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?