ईराक घटनाले तर्साइरहन्छ तुलसीरत्नलाई, चालीस मिनेटमा यसरी खरानी भयो उनको सम्पत्ति (भिडियो वार्ता)

काठमाडौं ।
‘मैले न्याय पाइन हजुर’
यो अपिल तुलसीरत्न तुलाधरको हो ।


को हुन् उनी?
तुलसीरत्न तुलाधर ५२ वर्षका भए । तुलाधरले काठमाडौँको कान्तिपथमा एउटा सटर भाडामा लिएर ‘रोयल इन्टरनेसनल मोटरसाइकल  स्पेयर्स पार्टस् एण्ड एक्सेसरीज’ सञ्चालन गर्दै आएका थिए । उनले यो पसल सञ्चालन गर्न थालेको करीब १० वर्ष भएको थियो । परिवारबाट ऋण लिएर सानो पूँजीबाट सञ्चालन भएको व्यवसायमा रातदिन नभनी काम गर्दा १० वर्षको अवधिमा करीब डेढ करोड रुपैयाँ बराबरको सामान जोडिएको थियो । स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ भन्ने सोचले उनले १० वर्ष अगाडि राम्रो सेवा सुविधा र तलब दिएर ६ जना कर्मचारी पनि राखेका थिए । श्रीमती आफ्नो काममा थिइन् । कान्तिपथमा रहेको सटरमा परेका सबै कामहरु उनी हेर्थे । काठमाडौँमा घर थियो । मिलेको परिवार । परिवार सबै ठिकठाक चल्दै थियो ।

 ….त्यो बज्रपात ! 
वि.सं. २०६१ साल भदौ १६ गते इराकमा १२ जना नेपालीको निर्ममतापूर्वक हत्या भयो । सार्वजनिक भएको भिडियोमा एक नेपालीको शिर छेदन गरिएको देखिन्छ भने अन्य एघार जनालाई गोली हानी क्रुर  र पाशविक ढंगले हत्या गरियो । भिडियोमा मुखमा कालो कपडा बेरिएका युवाहरु रिहाइको याचना गरिरहेका थिए, तर ड्याङ ड्याङ आवाज आएसँगै युवाहरु क्रमैसँग ढल्छन् । कुनै चलचित्रको छायांकनजस्तो लाग्ने त्यो दृश्य दर्दनाक 'रियल स्टोरी' थियो । 
***

१२ जना नेपालीहरुको क्रुररतापूर्वक हत्या भएको भिडियो भाइरल भएसँगै नेपालको राजधानी काठमाडौँले उग्र रुप लिन्छ । म्यानपावर कम्पनीहरु जलाइन्छ । तोेडफोड हुन्छ । आगो लगाइन्छ । एकाएक शहर पूरै रापिलो बन्छ । दंगा फैलिएसँगै सुरक्षाकर्मीहरु देखा पर्छन् । तर आक्रोशित भीडले अरबी भाषा खोज्दै तिनसँग सम्बन्धित कार्यालयमा आगो दन्काउँछ । हो, त्यही घानमा नराम्ररी पिसिएका थिए तुलसीरत्न तुलाधरका सपनाहरु । 

म पनि नेपाली हुँ, त्यहाँ हत्या गरिएका नेपालीहरुको भिडियो हेरेर मेरो पनि टाउको दुखेको थियो,  म त एउटा सानो सटर लिएर व्यापार गर्ने हेतुले मोबिल र बाइकको धूलो पुछेर बसेको मान्छे ,मेरो सपनामा आगो लाग्यो ।’ 

सटरसँगै सपना जलेको दिन 
तुलसीरत्न तुलाधर आफ्नै पसलमा काम गरिरहेका हुन्छन् । एकाएक दरबारमार्ग र कान्तिपथको बाटो प्रयोग गरी ठूलो संख्यामा हातहतियारसहित नारा लगाउँदै अघि बढेको आक्रोशित भीडले उनको सटर नजिकै एउटा एअरवेज कम्पनीमाथि ढुंगा र लाठीहरु बजार्छन । तोडफोड हुन्छ ।  तुलाधर अचम्ममा पर्छन् । यो सुनाउँदै गर्दा उनका आँखाबाट बलिन्द्र आँसुका धारा खस्छन् ।  भन्छन्, ‘म पनि नेपाली हुँ, त्यहाँ हत्या गरिएका नेपालीहरुको भिडियो हेरेर मेरो पनि टाउको दुखेको थियो, हामी कस्तो हालतमा छौँ भन्ने ग्लानि भएको थियो, म त एउटा सानो सटर लिएर व्यापार गर्ने हेतुले मोबिल र बाइकको धूलो पुछेर बसेको मान्छे ।’ 

उनले थपे, ‘प्रर्दशनकारीले केही बाँकी राखेनन्, म ज्यान जोगाउन पछाडिपट्टि भागें, करीब  ३६ सय ५० दिन खर्चेर गरेको पसिना हुरुरु बल्यो, सुरक्षाकर्मी लाठीसहित देखिए तर माथिको आदेश कुरेका कारण उनीहरु मूकदर्शक बनेर जलिरहेको पसल अगाडि उभिएमात्रै ।’

तुलसीलाई त्यो कालो दिन अहिले पनि हिजोजस्तो लाग्छ ।

उनलाई त्यतिखेर लागेको थियो, प्रहरीको जस्तो पोशाक लगाएर प्रर्दशनकारीलाई ‘यसो नगर’ भनूँ ।

तर उनले यो गरुँ कि त्यो गरुँ भनेर सोच्दा पसल खरानी भइसकेको थियो । सबै सम्पत्ति जल्यो । रसिद, बिलहरु खरानी भए । महत्वपूर्ण कागजात जलेर नष्ट भए । ‘इन्स्योरेन्स नभएकाले आजको दिनसम्म कहीँ कतैबाट पैसा पाएको छैन ।’, उनले दुःखी हुँदै भने ।

१० वर्ष उनले आफ्नो उर्जावान् युवावस्ता यही सटरमा गुजारे । दुई चारओटा हेलमेट बेचेर बचेको पैसाले रेनकोट, मास्क र बाइकका पार्टस्हरु थप्दै गए । कति दिन खाए, कति दिन भोकै बसे तुलसी । आँखाबाट झरेका आँसुलाई नाकबाट पुछ्दै उनी भक्कानिए, ‘चालीस मिनेटमा मेरो सम्पत्ति स्वाहा भयो, म शून्य भएँ ।’
त्यसपछि म पागल भएँ…  

उनले सुनाएः
बेचैनी बढ्यो । म बसेको ठाउँबाट उठ्न सकिन । उज्यालिएको पसल खरानी भएको थियो । बल्लतत्त उठें । धुलो टक्टकाउँदै घर गएँ । भोलिपल्ट अखबार र अन्य मिडियाले मेरो पसल खरानी भएको फोटो र डेढ करोड रुपैयाँ बराबरको क्षति भएको समाचार छापे । सरकारले उच्चस्तरीय छानबिन समिति गठन ग–यो ।

६ सदस्य रहेको त्यो समितिलाई एक महिनाको कार्यविधि दिइएको थियो । समितिले दोषीमाथि कारवाही गर्ने, दुई÷तीन दिनभित्रै सम्पूर्ण क्षति विवरण संकलन गर्ने र उचित राहत दिने निर्णय भएको तत्कालीन सूचना तथा सञ्चारमन्त्री डाक्टर मोहम्मद मोहसिनले बताएका थिए । तत्कालीन श्री ५ को सरकारले पनि काठमाडौँ लगायत देशभरि भएका तोडफोडको लगत टिप्ने भनेको थियो तर सरकारी तवरबाट आएको यो वचन आजका दिनसम्म पूरा भएको छैन । पूरा १३ वर्ष बित्यो । आजबाट चौध वर्ष लाग्दैछ ।  

खै न्याय ? म के गरुँ ? 

तुलसीरत्न तुलाधर आफूलाई महामारी आइपरेको महसुस गरिरहेका छन् । मकैको घानमा पिसिएको घुनजस्तै महसुस गरिरहेका छन् । विक्षिप्त छन् ।

उनले फेरि सुनाए, ‘पसल जलेको करीब एक महिनापछि परिवारमा किचलो शुरु भयो, परिवारले अंशबण्डा गर्न भने, उनको ४ जनाको परिवार भिन्न बसाइदिए, आफन्तहरु तर्किए, नातेदारहरु झर्किए, ती दिनहरु सम्झिँदा मेरो टाउको पूरै दुख्छ, आँखा बाहिर निस्केलाजस्तै हुन्छ ।’

सटर जलेपछि त्यही घटना विवरण छापिएको समाचारको टुक्रा र सरकारले गठन गरेको उच्चस्तरीय समितिको फैसला कुरिरहेका छन् । उनी पूरै अतालिएका छन् ।

सटर जलेपछि त्यही घटना विवरण छापिएको समाचारको टुक्रा र सरकारले गठन गरेको उच्चस्तरीय समितिको फैसला कुरिरहेका छन् ।

त्यसपछिका दिनमा उनको दैनिकी व्यापार कसरी गर्ने भन्ने भन्दा न्याय पााइन्छ कि पाइँदैन भन्ने धङ्धङती छ ।

उनी पूरै अतालिएका छन् ।

अर्थ मन्त्रालय गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मानव अधिकार आयोग, अमेरिकी राजदूतावास धाउनु उनको दैनिकी बनेको छ ।

आफ्नै घरमा सानो सुन्दर संसारमा रमाएको उनको परिवारको उठीबास भएको  छ । उनी घरी सुरका कुरा गर्छन् । कहिलेकाहीँ ह्वाँ ह्वाँ रुन्छन् । मनमा पीडा जो गडिएको छ । उनी आफूलाई नेपालमा नै रोजगारी गरी खाने वातावरण बनाइदिन सरकारसँग  अनुनय गरिरहेका छन् ।

घटना सुनाउँदा उनी पूरै विक्षिप्त भए ।

***

दण्डहिनता मौलाएको वर्तमान राजनीतिले यो मुद्दा किनारा लगाउने आँट गर्ला त ?

''गनुपर्छ नि हजुर । बिना गल्ति मैले करोडौँ जलाईयो ।'' 

आँखाबाट तप्प आँसु खसाले ।

***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?