१ कार्तिक २०७८, सोमवार

रसुवागढी राजमार्ग अवरुद्ध हुँदा भन्सार राजस्व न्यून

२०७५,भाद्र,१५,शुक्रवार १५:१०


रसुवा- गल्छी धुञ्चे रसुवागढी राजमार्गअन्तर्गत धुञ्चे नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक आजदेखि सञ्चालनमा आएको छ । भएको आसपासमका दुई पहिरोमध्ये आज एक पहिरोमा मार्ग खोल्ने काम सम्पन्न भएको छ ।

यही भदौ १ गते धुञ्चे नजिक दुई ठाउँमा पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । तीमध्ये धुञ्चेतर्फको पहिरोमा नयाँ मार्ग बनाई यातायात सञ्चालन गरिएको छ भने त्रिशूली नदीपारितर्फको पहिरोमा नयाँ मार्ग बनाउने कार्य आज अपराह्नदेखि शुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख नीरज शाक्यले जानकारी दिए ।

उनका अनुसार नदीपारितर्फ पहिरो खसेको ठाउँमा कडा चट्टान भएकाले सडक कार्यालय र नेपाली सेनाको कालिप्रसाद इञ्जिनियरिङ गणका प्राविधिकले विष्फोटन गराई चट्टानलाई पन्छाएर सडक खोल्ने गरी काम अगाडि बढाइएको छ । अबको १० दिनभित्र सडक सञ्चालन गर्ने गरी काम अघि बढाएको प्रमुख शाक्यले बताए ।

उक्त राजमार्ग बन्द हँुदा भन्सार शुल्क शून्यतामा झरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । नेपाल–चीनबीचको व्यापारिक नाका रसुवागढी राजमार्ग अवरुद्धल हुँदा यस क्षेत्रका व्यापार प्रायः शुन्य भएको व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमिल्सिनाले बताए ।

प्रकाशित मिति: २०७५,भाद्र,१५,शुक्रवार १५:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोह सक्रिय देखिएको छ । केही समययता विभिन्न व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत फोन गर्दै तपाईँलाई यति

काठमाडौं ।  पछिल्लो समय रेमिट्यान्स (विप्रेषण)मा आएको गिरावटसँगै नेपाल राष्ट्र बैंकले विषेश चासो राखेको छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहको

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट संरक्षणका लागि विभिन्न पहलहरू गर्दै आएको छ । राष्ट्र बैंकले नोट संरक्ष्णका लागि

ताजा समाचार

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७