ग्यास्ट्रिक छ? यस्ता छन् जोगिने उपाय

ग्यास्ट्रिकका कारण धेरैले आजभोलि टेन्सन पाइरहेका छन् । पेटमा अतिरिक्त अमिलो जम्मा भएपछि ग्यास्ट्रिक हुने गर्छ । ग्यास्ट्रिक बिग्रियो भने अल्सर तथा क्यान्सर पनि हुन सक्छ । जटिल खाद्य पदार्थका लागि शरीरमा एसिडको मात्रा सामान्य हुनु जरुरी पनि हुन् । एसिडिटी कम भए पनि बढी भए पनि यसले पेटमा समस्या पारिदिन्छ ।

तपाईंमध्ये धेरैलाई थाहा नहुन सक्छ, तनावले पनि ग्यास्ट्रिक बढाउन मद्दत गरिरहेको हुन्छ । अधिक धुम्रपान र अल्कोहलले पनि ग्यास्ट्रिक हुने गर्छ । धेरै चिल्लो, पीरो, तातो खानाले पनि एसिडिटी गराउने गर्छ ।

ग्यास्ट्रिकबाट बच्नका लागि ग्रीन टीको अवधारणा आएको छ । पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । र, बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्यास्ट्रिकबाट बचाउन सक्छ । यस्तै समयमा खाना खाना खाने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

यदि ग्यास्ट्रिकबाट बच्न चाहनुहुन्छ भने मसला, अचार र तेल भएको खाने कुरा पनि कम खान डाक्टरले सल्लाह दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?