शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्गस् पब्लिक लिमिटेड कम्पनीमा परिणत

लोकपथ
13
Shares

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस् प्रा.लि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ ।

कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार स्वीकृति गरी शिवम् होल्डिङ्गस् पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस प्रालिलाई पब्लिक लिमिटेडमा पारित गरी शिवम् होल्डिङ्गस लिमिटेड कायम भई लगानी गर्ने उदेश्य रहेको पब्लिक लिमिटेड कम्पनीको हैसियतले कारोबार संचालन गर्न कम्पनी ऐन को दफा ६३ बमोजिम कारोबार स्वीकृति समेत प्राप्त गरिसकेको छ ।

शिवम होल्डिङ्गस लिमिटेडको अधिकृत पुँजी ५ अर्ब ८० करोड र चुक्ता पूँजी ४ अर्ब रहेको छ । शिवम् होल्डिङ्गसले नेपालकै सबैभन्दा ठूलो क्षमतामा स्थापित अत्याधुनिक प्रविधियुक्त क्लिङकर र सिमेन्ट उत्पादन गर्ने चिनियाँ विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्ट प्रालिको संस्थापक रहि उक्त उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ ।

कम्पनीको ३० प्रतिशत र चिनियाँ हङकङ रेड लाइन सिमेन्ट नं. ३ कम्पनीको ७० प्रतिशत सेयर लगानी रहेको होङशी शिवम् सिमेन्टले पहिलो चरणमा ६००० मे. टन. क्लिङकर र सिमेन्ट विगत ३ वर्षदेखि उत्पादन तथा बिक्री वितरण गरी रहेको छ । दोस्रो चरणमा हालको क्षमता अभिवृद्धि गरी थप ६००० मे. टन. उत्पादन गर्ने र दैनिक २०,००० मे.टन. चुनढुङ्गा खानी स्थलबाट उद्योग स्थलसम्म पुर्याउन आधुनिक कन्भेयर वेल्ट निर्माणको क्रममा ५ कि.मि. लामो सुरुङगमार्ग निर्माणाधिन अवस्थामा रहेको छ । उक्त कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत वोनस सेयर समेत वितरण गरिसकेको छ ।

साथै शिवम् होल्डिङ्गस लिमिटेड कम्पनीले आफ्नो चुक्ता पुँजीको अधिकांश रकम होङशी शिवम् सिमेन्टको उद्योगमा संस्थापक सेयरवालाको हैसियतले सेयर लगानी गरिसकेको र मुनाफा भई प्रतिफल समेत प्राप्त गर्न सुरु गरि सकेको यस कम्पनीले संस्थापक समूहतर्फ ८० प्रतिशत रहेको छ । कम्पनीले धितोपत्र बोर्ड समेतको स्वीकृतिमा निकट भविष्यमा सर्वसाधारणका लागि समेत सार्वजनिक निष्काशन गरी पुँजी संकलन गरी थप अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको छ ।

शिवम होल्डिङ्गस लिमिटेडमा मुख्य लगानीकर्ता, संस्थापक शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत अर्थात ३ अर्ब ४० करोड १० लाख ४२ हजार रुपैयाँको सेयर लगानी रहेको छ । त्यस्तै अन्य १९ जना विभिन्न क्षेत्रका उद्योग व्यापार र पेशा व्यवसायको आ–आफ्नो क्षेत्रमा सफलता पूर्वक क्रियासिल रहेका व्यक्तिगत संस्थापकहरुको करिब १५ प्रतिशत अर्थात ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर रकम लगानी गरेका छन् ।

यस कम्पनीले प्रत्यक्ष रुपमा सेयर लगानी रहेको होङशी शिवम् सिमेन्ट प्रा.लि. मुलुककै हालसम्मको ठूलो उत्पादन क्षमता जडित वेष्ट हिटबाट करिव १२ मेघावाट विद्युत उत्पादन गरी आफै सिमेन्ट उत्पादनमा उक्त विद्युत उपयोग गर्ने पहिलो उद्योग हो । दोस्रो लाइनबाट उत्पादन सुरु भएपछि प्रतिदिन १२००० मे. टन. क्लिङकर तथा सिमेन्ट उत्पादन हुनेछ ।

हाल नेपाल विद्युत प्राधिकरणबाट होङशी शिवम सिमेन्ट उद्योगलाई २५ मेघावाट विद्युत जडान भई प्रयोग गरिरहेको छ । उक्त उद्योगको कारण हाल नेपालमा सिमेन्ट र क्लिङकर उत्पादनमा आत्मानिर्भर भई देश विकासमा समेत ठूलो योगदान पुगेको अवस्था छ ।

त्यसैगरी ,शिवम् सिमेन्ट्स लिमिटेड, शिवम् होल्डिङ्गस कम्पनीको संस्थापक तथा नेपाल गुणस्तर तथा नापतौल विभागबाट NS – Quality Award प्रथम पुरस्कार प्राप्त गर्ने नेपाल कै उच्च गुणस्तरको शिवम् ब्राण्डको असली ओ.पि.सि. सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्ने सिमेन्टका रुपमा आम उपभोक्ता वर्गले सर्वाधिक रुपमा खोजी गर्ने र रोजाईको सिमेन्ट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?