दुई प्रमले पशुपति धर्मशालाको उद्घाटन, मोदीले पशुपतिको दर्शन पनि गरे

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशालाको आज संयुक्तरुपमा उद्घाटन गरे ।

करीब रु २० करोडको लागतमा १० हजार वर्गमिटर क्षेत्रफलमा निर्मित उक्त धर्मशाला भारतीय सहयोगमा बनेको हो । उद्घाटनपश्चात् प्रधानमन्त्रीद्वयले सम्बोधन गरेका थिए ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक चौथो शिखर सम्मेलनमा भाग लिएर स्वदेश फकर्नुअघि भारतीय प्रधानमन्त्री मोदी पशुपति नाथ मन्दिरको दर्शनका लागि पुगेका थिए । उनी साँझ स्वदेश फर्किएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?