काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अति गरेको कारण हटाउनुपर्ने भन्दै कटाक्ष गरेका छन् ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले अति गरेपछि आफू बोल्न आएको बताए ।
संसदमा समय लिएर बोल्दै उनले भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’
यसअघि आफू नेतृत्वको सरकारले राम्रो काम गरिरहँदा कांग्रेसका सांसदले इनफ इज इनफ भनेकोप्रति कटाक्ष गर्दै आफूले सो कुरा बताउन बाध्य रहेको बताए ।
बैठकमा बोल्दै ओलीले अमेरिकी स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी) सँग सम्झौताका बारेमा आफू नेतृत्वको सरकार रहेको बेला कुनै पनि निर्णय नगरेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया