७ कार्तिक २०७८, आईतवार

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि किशोरी वलात्कृत

२०७५,भाद्र,१५,शुक्रवार १४:२४


कञ्चनपुर- कञ्चनपुर बेलडाँडी गाउँपालिका–१ का अन्दाजी १५ वर्षीया एक किशोरीमाथि बलात्कार भएको छ ।

तेह्र वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बिहीबार राति २ बजेको समयमा ती किशोरीको बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

किशोरीको घरमा पूजा चलिरहेका बेला पूजामा सहभागी हुन मोटरसाइकलमा आएका चार जना युवाले जबर्जस्ती मोटरसाइकलमा लगेर जवदिया पु¥याएर बलात्कार  गरेकाे उनले बताए ।

“किशोरीको भनाइअनुसार एक जनाले मात्रै बलात्कार गरेको भनेको छ”, प्रहरी उपरीक्षक कुवेर कडायतले भने, “सहमतिमै भए पनि उमेर नपुगेकाले बलात्कार नै ठहर्छ ।” किशोरीलाई जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको परिवारले थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आज बिहान मात्रै किशोरीको उद्धार गरेको छ ।

घटनामा संलग्न दुई जनाको पहिचान खुलेको र बाँकी दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरी उपरीक्षक कडायतले बताए । किशोरीको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउने तयारी गरिएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,१५,शुक्रवार १४:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

मोहन वैद्य डिस्चार्ज
 २०७८,कार्तिक,७,आईतवार १९:१३
गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१