१ कार्तिक २०७८, सोमवार

प्रदेश नं १मा चारजनाले गरे आत्महत्या

२०७५,भाद्र,१५,शुक्रवार १४:१७


विराटनगर- प्रदेश नं १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चारजनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका–१ कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ फुङलिङ नगरपालिका–३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी इटहरी उपमहानगरपलिका–८ भुर्कीका दिलीप सरदारको श्रीमती अन्दाजी ३२ वर्षीया आशा सरदार र सुनसरीकै धरान उपमहानगरपालिका–१३ सूर्यमार्गका २२ वर्षीय अभय राई रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

भदौ १४ आ–आफ्नै घरमा झुण्डी मृतावस्थामा उनीहरु फेला परेका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरी स्वास्थ्य परीक्षणपछि शवलाई सम्बन्धीत परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,१५,शुक्रवार १४:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मोरङ । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण रहेको बताएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी

विराटनगर । पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना संक्रमणदर घट्दै गएको पाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको

मोरङ । विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ

ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतवार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित

ताजा समाचार

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७