चिकित्सक संघले गर्‍यो आन्दोलनको घोषणा, आकस्मिक बाहेक सबै सेवा रोक्ने

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै संघ आन्दोलनमा उत्रेको हो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणको घटना बढाएको र सरकारले ऐन संशोधन प्रक्रिया समेत नबढाएको भन्दै डाक्टरहरुको संघले अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

संघले विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरिएको गर्दै सरकारले आफ्ना माग सम्बोधन नगरेको बताएको छ । 

संघले भदौ १८ गते सोमवार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने भएको छ । यस्तै भदौ १९ गते मंगलवारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्न बन्द गरिने संघले जनाएको छ ।

र, भदौ २२ गतेदेखि आकस्मिक बाहेकका ओपीडी लगायतका सम्पूर्ण स्वास्थ्य सेवाहरु मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने संघले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?