डीआईजी ज्ञवाली र चौधरीको काज सरुवा

लोकपथ
91
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंले दुई डीआईजीको काज सरुवा गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डको प्रमुखमा डीआईजी श्यामलाल ज्ञवाली र उपत्यका ट्राफिक महाशाखा प्रमुखमा डीआईजी मीरा चौधरी थारुलाई खटाएको हो ।

राजधानी उपत्यकाका दुई महत्वपूर्ण युनिटमा बढुवा भएका दुई डीआईजी खटाइएको छ । डीआईजी दरबन्दीका हालै बढुवा भएका युनिटमा एसएसपी खटाउने क्रमलाई सच्याउँदै विमानस्थल सुरक्षा गार्ड र उपत्यका ट्राफिक महाशाखाको नेतृत्वमा दुई डीआईजीलाई खटाएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डीआइजी बढुवापछि प्रकाशित पदस्थापनमा ज्ञवाली साइबर ब्यूरो र चौधरी प्रधान कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापना भएका थिए । यसअघि विमानस्थल प्रमुखका रुपमा कार्यरत भीमप्रसाद ढकाल र ट्राफिक प्रमुख उमेशराज जोशी पनि डीआईजीमा बढुवा भएका छन् । तीमध्ये ढकाल प्रधान कार्यालयस्थित अन्वेषण निर्देशनालयमा र जोशी अपराध अनुसन्धान विभागमा पदस्थापित भएका छन् ।

आइतबार मात्रै बढुवा भई पदस्थापन भएका डिआईजीलाई भोलिपल्टै अर्को निर्णयमा सरुवा गर्न नमिलेका कारण तत्कालका लागि गृह मन्त्रालयले उनीहरूलाई काजमा खटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?