नदीकोबीच भागमा फसेका कैलालीका दुई महिलाको उद्धार

कैलाली । कैलाली जिल्लाको गोदावरी नगरपालिका ९ धनचौरी खटिया नदीमा एक्कासी आएको बाढिको कारण नदीको बीच भागमा फसेका दुई जना महिलाको सकुशल उद्वार भएको छ ।

कैलालीकी स्थानीय ४० वर्षिया जानकी बोहोरा र  ४२ वर्षीया पशुपति बोहोरा उक्त नदीको बीच भागमा रहेको टापुमा घाँस घाट्न गएको बेला एक्कासी परेको पानीको कारण नदीमा बाढि आएपछि दुई दिनदेखि टापुमा अलपत्र परेका थिए ।

उक्त घटनाको जानकारी हुनसाथ सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर कैलालीको नम्बर ३४ गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद भट्टको कमाण्डमा खटेको टोलीले उनीहरुको उद्धार गरेको हो । लाइफ ज्याकेट, थ्रो व्याग र लाइफ ब्वागको सहयोगमा उनीहरुको सकुशल उद्वार गरिएको हो ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?