भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौंमा

काठमाडौं । भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन् । गान्धी दिउँसो नयाँ दिल्लीबाट काठमाडौं आएका हुन् । 

मानसरोवर यात्राका लागि व्यक्तिगत भ्रमणका क्रममा गान्धी काठमाडौं आएको बताइएको छ । 

गान्धी आज काठमाडौंको लाजिम्पाटस्थित होटल याडिसनमा बस्ने र भोलि (शनिबार) नेपालगञ्जबाट तिब्बत हुँदै मानसरोवरतर्फ जाने कार्यक्रम छ ।

उन मानसरोवरको यात्रा १२ दिनको हुने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?