ओली र मोदीबीच भेटवार्ता, रक्सौल–काठमाडौं रेलमार्ग सर्वेक्षण सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रक्सौल–काठमाडौं रेलमार्ग सर्वेक्षण सहमतिमा हस्ताक्षर भएको छ । 

भेटवार्तामा दुई देशबीच शुक्रबार अपरान्ह सो सहमति भएको हो । 

सहमतिमा भारतको कोलकता र हल्दिया तथा विसखापट्टनम बन्दरगाहको प्रमुख भंसार विन्दूबाट सबैभन्दा नजिकको रेल विन्दुसम्म थोक कार्गो आवतजावत सेवा र वीरगन्ज–काठमाडौं रेलमार्गको रेलमार्ग यातायात सर्वेक्षण सहमति भएको बताइएको छ । 

काठमाडौंको होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?