काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । जसपाको आइतबार साँझ हेरफेर हुने मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरी पठाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको बताइएको छ ।
नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंह रहेका छन् । यद्यपी सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ भने यथावत् रहने बताइएको छ । हाल जसपाबाट सरकारमा चार मन्त्रीहरु सहभागी छन् ।
जसपाका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव, कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको स्थानमा नयाँ मन्त्रीहरु जानेछन् । भौतिक पूर्वाधार मन्त्रालयमा राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा सिंह र वन मन्त्रालयमा यादव जाने बताइएको छ ।
पार्टीले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम सिफारिस गरि पठाएपछि मात्रै प्रधानमन्त्रीले मन्त्रीमण्डल हेरफेर गर्नेछन् ।
यसअघि सरकारमा सामेल दल नेकपा एकीकृत समाजवादीले पनि सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई जिम्मेवारी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया