चौथो बिम्सटेक शिखर सम्मेलन जानकारी दिँदै के भने परराष्ट्रमन्त्री ज्ञवालीले ?

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)को चौथो शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् । 

चौथो बिम्सटेक सम्मेलनको सममापनपछि आयोजित पत्रकार सम्मेलनमा परारष्ट्रमन्त्रीले संविधान पारित भएपछि तथा वर्तमान सरकारको गठन पछाडिको यो पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम भएको बताएका छन् ।  

सम्मेलनले १९९७ को ब्याङ्कक घोषणापत्रमा उल्लेखित बिम्सटेकको सिद्धान्त तथा उद्देश्यप्रति आफ्नो प्रतिबद्धता पुनः जाहेर गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले बताए । 

चौथो सम्मेलनको मुख्य नारा ‘शान्तीपूर्ण, सम्बृद्ध तथा दिगो बङ्गालको खाडी क्षेत्र’ रहेको जानकारी दिँदै मन्त्री ज्ञवालीले भने, संरचनागत सुधार, गरिबी निवारण, कनेक्टिभिटि, व्यापार तथा लगानी, प्रतिआतंकवादी तथा अन्तरदेशीय अपराध, वातावरण तथा प्रकोप व्यवस्थापन, जलवायु परिवर्तन, उर्जा, प्रविधि, कृषि, माछापालन, जनस्वास्थ, जनता–जनताबीच सम्पर्क, सास्कृतिक सहकार्य, पर्यटन, पहाडि अर्थतन्त्र तथा ब्लू इकोनोमी विषयमा जोड दिएको बताए ।  

साथै सम्मेलनले दीगो विकासको लागि एजेण्डा २०३० को कार्यन्वयनका लागि मिलेर काम गर्ने प्रतिवद्धता र अति कम विकसित राष्ट्र तथा भूपरिवेष्ठित राष्ट्रको विशेष अवस्थालाई स्वीकारेको पनि मन्त्री ज्ञावलीले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?