७ कार्तिक २०७८, आईतवार

राष्ट्रिय फुटबल टोली आइतवार ढाका जाने

२०७५,भाद्र,१५,शुक्रवार ०९:४१


काठमाडौं । नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । 

ढाकामा हुने १० औँ ‘साफ’ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो । 

अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’का प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’मा तथा भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । 

नेपाली टोलीमा किरणकुमार लिम्बू, विकेश कुथु, एलन न्यौपाने, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल, हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ, निराजन खड्का, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् ।

प्रतियोगिता भदौ १९ देखि ३० गतेसम्म चल्नेछ । 

प्रकाशित मिति: २०७५,भाद्र,१५,शुक्रवार ०९:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पाँचौँ बङ्गबन्धु सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली बङ्गलादेशको ढाका

काठमाडौं । आज प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दै छन् । युनाइटेड र लिभरपुलबीचको खेल नेपाली

काठमाडौं । बिमल घर्तिमगरले ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्र क्लबले आइतबार पत्रकार सम्मेलन

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन् । आइतबार युवा तथा खेलकुद

ताजा समाचार

गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१
उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९