प्रदेश २ मा आइतबार सार्वजनिक बिदा

काठमाडौं । प्रदेश २ को प्रदेश सरकारले आइतबार श्रीकृष्ण जन्माष्टमीको बिदा दिने निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार मनाइने श्रीकृष्ण जन्माष्टीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री विजय यादवका अनुसार अघिल्लो वर्षहरुमा देशैभर दिइने विभिन्न चाडपर्वहरुको बिदा कटौतीमा परेपछि प्रदेश सरकार आफैँले निर्णय गरेर बिदा दिन थालेको बताए ।

प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक बिदालाई अवज्ञा गर्ने विरुद्ध आन्तरिक मामिला मन्त्री यादव अदालत जाने तयारी समेत गरेका छन् ।

प्रदेश सरकारले दिने विदा सो प्रदेशमा रहने सबै सरकारी कार्यालयले स्वीकार गर्ने व्यवस्था कानुनमै छ तैपनि सरकारी कार्यालयले अटेरी गर्ने गरेको उनले बताए ।

यो भन्दा अगाडी पनि प्रदेश २ का प्रदेश सरकारले बकर इद र रक्षा बन्धनमा बिदा दिएको थियो । तर, सरकारी कार्यालयहरुले यसको अवज्ञा गर्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?