काठमाडौं । कञ्चनपुर फेरी १६ वर्षीय किशोरी बलात्कृत भएकी छन् ।
कञ्चनपुर बेल्डाँडी गाउँपालिकामा बिहीवार राति सामूहिक बलात्कार भएको हो ।
पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको स्वीकारे ।
एसपी कडायतले पीडक ‘आइडन्टिफाइड’ रहेको भन्दै उनीहरुको खोजी भइरहेको बताए ।
एसपी कडायले बिहीबार राति घरमा पुजा भइरहेका बेला चारजना व्यक्तिले किशोरीलाई सडकमा बोलाएर घरभन्दा टाढा लगेर बलात्कार गरेको किशोरिका परिवारले जानकारी दिएपछि घटना बाहिर आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया