बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फिर्ता

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी छिन् । 

उनी दिउँसो १ बजेको उडानबाट बंगलदेशको राजधानी ढाका प्रस्तान गरेकी हुन् ।  

उनलाई उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरे ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी बिहीवार बिहान नेपाल आएकी थिइन् । 

काठमाडौंको सोल्टी होटलमा दुई दिसम्म चलेको बिम्सटेकको चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्रमा हस्ताक्षर गरेर प्रधानमन्त्री हसिना स्वदेश फर्किएकी हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?