एशियाड: ‘राखेप’ले प्याराग्लाइडिङका पदक विजेता खेलाडीलाई पाँच लाख दिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’मा रजत पदक विजेता नेपाली प्याराग्लाडिङ खेलाडीहरुलाई ५ लाख नगद रुपैयाँ दिने भएको छ ।

 ‘एशियाड’ मा २० वर्षपछि पहिलो पटक रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीहरुलाई प्रोत्साहन स्वरुप पहिलो चरणमा ५ लाख रुपैयाँ दिन लागेको हो । 

राखेपले ‘एशियाड’मा रजत पदक जित्ने खेलाडीलाई रकम दिने नियामानुसार जनही ५-५ लाख रुपैयाँ दिन लागेको हो । यसअघि खेलकुद परिषद्ले ‘एशियाड’ मा स्वर्ण पदक जित्ने खेलाडीलाई १० लाख, रजत जित्नेलाई ५ तथा कास्य पदक ल्याउने खेलाडीलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । 

खेलाडीसँगै प्रमुख प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षकलाई एक लाख ५० हजार र संघलाई ५ लाख रुपैया ‘राखेप’ले दिने भएको छ ।

पदक विजेता खेलाडीहरु स्वदेश फर्किएकै दिन खेलकुद परिषद्को प्राङगनमा सम्मान गर्ने बताइएको छ । खेलाडी सहितको टोली यहि आइतवार राती ९ बजे नेपाल  आइपुग्ने बताइएको छ ।

दुई दशक पछि तेक्वान्दोकी सविता राजभण्डारीले ‘एशियाड’मा बनाएको  रेडर्क प्याराग्लाइडिङले तोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?