सोल्टीमा करेन्ट लागेर एकको मृत्यु

काठमाडौँ । होटल सोल्टीमा बिम्सटेक शिखर सम्मेलन चलिरहेका बेला त्यहाँ नजिकै रहेको मोटरसाइकल वर्कसपमा काम गर्ने एक मजदुर युवकको करेन्ट लागेर मृत्यु भएको छ । 

सोल्टी मोडस्थित विकास मोटरसाइकल वर्कसपमा काम गर्ने बर्दिया घर भएका २४ वर्षीय मनोज चौधरीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो । 

वर्कसपमा मोटरसाइकल धुने क्रममा पानी तान्ने मोटरपम्पको लाइन सर्ट भई करेन्ट लागेर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै मनमोहन अस्पताल स्वयम्भूमा पु-याइएको थियो । 

उनको उपचारको क्रममा मृत्यु भएको हो । शिखिर सम्मेलनमा सहभागी भीभीआईपीहरुको ओहोर दोहोर भएका कारण पनि उनलाई समयमा नै अस्पताल पु-याउन नसक्दा मृत्यु भएको भनाई आफन्त छ । 

त्यस्तै, बुढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने सोलुखुम्बु घर भएका २३ वर्षीय निना निरबु शेर्पाको पौडी खेल्ने क्रममा बेहोस भएर मृत्यु भएको छ । 

रामहिटीस्थित मण्डला प्यालेस भित्र रहेको स्विमिङ पुलमा बिहीवार स्विमिङ गर्ने क्रममा शेर्पा वेहोस भएका थिए । 

उनलाई उपचारका लागि स्तुपा सामुदायिक अस्पताल बौद्धमा उपचार गर्न लैजादै गर्दा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?