नयाँ बसपार्कबाट लागूऔषध कारोबारी भुजेल पक्राउ

काठमाडौं । गोंगबु नयाँबसपार्क पुल नजिकबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध, २० हजार नगद र तीनथान मोवाइल सहित एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्ने व्यक्ति तनहुँ व्यास नगरपालिका घरभइ हाल गोंगबु मित्रनगर बस्ने २५ वर्षीय सुशील भूजेल हुन् । 

उनको साथबाट न्रुफिन तीनसय, डाइजेपाम तीनसय र फेनारगन तीनसय एम्पुल बरामद भएको छ । यी तीनटै औषधिको मिश्रणबाट तीनसय ‘डोज’ लागूऔषध बन्ने गर्छ ।  

भुजेल बसपार्क क्षेत्रका नामुद लागूऔषध कारोवार भएको आरोप प्रहरीको छ । 

महानगरीय प्रहरी प्रभाग बसपार्कका अनुसार, उनले लागूऔषध कारोवारलाई पेशाकै रुपमा अपनाउदै आएको बताएइको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?