म्युजिकल ड्रामा ‘अनुराग’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम अभिनित फिल्म ‘अनुराग’ को ट्रेलर सार्वजनिक गरिएको छ । एरिका फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

एलिजा गौतम, समुद्र पण्डित, थिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारको अभिनय रहेको फिल्मले केही समयअघि गीत सार्वजनिक गरेको थियो । तर गीत खासै चर्चामा भने छैन ।

चलचित्रको कथा किरण दाहालले लेखेका हुन् भने गीता भेटवाललले निर्माण गरेकी हुन् । त्यस्तै सत्यराज चौलागाईंले फिल्म निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?