लुका मोडरिच बने युरोपको उत्कृष्ट खेलाडी, रोनाल्डो दोस्रो स्थानमा

काठमाडौं । क्रोएसियाका कप्तान तथा रियल म्याड्रिडबाट मिडफिल्डर लुका मोडरिच युरोपको उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

‘युइएफए’ले हरेक वर्ष प्रदान गर्दै आइरहेको यो अवार्डबाट मोडरिच यो वर्ष उत्कृष्ट खेलाडी बनेका हुन् । उनले पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै सो अवार्ड जित्न सफल भए ।

मोडरिचले ३ सय १३ अंक पाए भने रोनाल्डोले २ सय २३ तथा सलाहले २ सय ३४ अंक पाएका थिए । तीन पटक युइएफएको उत्कृष्ट खेलाडी घोषित भएका रोनाल्डाले भने यो पदक दोस्रो स्थानमा रहे।

 

साथै, मोडरिचले उत्कृष्ट मिडफिल्डरको अवार्ड पनि हात पारे । यता रोनाल्डो उत्कृष्ट स्ट्राइकर, सर्जियो रामोस उत्कृष्ट डिफेन्डर तथा केलर नामास उत्कृष्ट गोलकिपर घोषित भएका छन् । 

त्यस्तै, इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकह्याम भने ‘युइएफए प्रेसिडेन्ट अवार्ड’बाट सम्मानित भएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?