कविर र सूर्यालाई लिएर ‘तिमी र म’ बन्ने

काठमाडौं । चलचित्र ‘लम्फू’ मा देखिएका कविर खड्कालाई फेरि एकपटक पर्दामा देख्न पाइने भएको छ । उनको अघिल्लो फिल्म ‘लम्फू’ भने फ्लप भएको थियो ।

कविरले शरद पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विलियम्ससँग मिलेर संयुक्त रुपमा काम गर्ने भएका छन् ।

पुसबाट फ्लोरमा जाने चलचित्रमा कविर खड्का र सूर्या थापाको मुख्य भूमिका रहने भएको छ भने अन्य कलाकारको खोजी भएको निर्माण टिमले बताएको छ । झण्डै एक डेढ करोडको बजेटमा बन्ने यो फिल्मलाई लभस्टोरी जानरामा निर्माण गरिनेछ ।

चलचित्रको छायांकन नेपाल र अस्ट्रेलियामा हुनेछ । यस्तै फिल्ममा लगानी कमला पोखरेल, चन्द्रबहादुर खड्का र भुषण पोखरेलको रहनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?