च्याम्पियन्स लिग ‘ड्र’ : रोनाल्डोले समूह चरणमा पूर्व इंग्लिस क्लबविरुद्ध खेल्ने

मोनाको । युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र कार्यक्रम सम्पन्न भएको छ । 

युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनको लागि समूह चरणको ड्र बिहीवारराति सकिएको हो । क्रिस्टियानो रोनाल्डोले समूह चरणको खेलमा आफ्नो पुरानो इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड विरुद्ध खेल्नु पर्ने भएको छ ।

समूह चरणको खेलमा रोनाल्डोको हालको क्लब युभेन्टुसले म्यान्चेस्टर युनाइटडेडसँगको भेट पक्का गरेको हो ।

रोनाल्डो सन् २००३ देखि २००९ सम्म युनाइटेडबाट व्यवसायिक क्लब खेल खेलेका थिए भने यसैवर्ष मात्र स्पेनिस क्लब रियल म्याड्रिडबाट ९९ दशमलब २ मिलियनमा युभेन्ट्समा आवद्ध भएका थिए । 

च्याम्पियन्स लिगको ड्र अनुसार समूह ‘ए’ मा एट्लेटिको म्याड्रिड 'स्पेन', बोरुसिया डर्टमुन्ड 'जर्मनी', एएस मोनाको 'फ्रान्स', क्लब ब्रुज 'बेल्जियम' रहेको छन् । त्यस्तै, समूह ‘बी’ मा बार्सिलोना 'स्पेन', टोटेनहम हट्सपर 'इंग्ल्यान्ड', पिएसभी 'नेदरल्याण्ड' , इन्टर मिलान 'इटाली' छन् । 

समूह ‘सी’ मा पेरिस सेन्ट जर्मेन 'फ्रान्स', नेपोली 'इटाली', लिभरपुल 'इंग्ल्यान्ड', रेड स्टार बेलग्रेड 'सर्बिया' तथा समूह ‘डी’ मा लोकोमोटिभ मस्को 'रुस', एफसी पोर्टो 'पोर्चुगल', एफसी साल्के 'जर्मनी', गालाटासारे 'टर्की' रहेका छन् । 

यता समूह ‘ई’ मा बायर्न म्युनिख 'जर्मनी', बेन्फिका 'पोर्चुगल', एएफसी आयाक्स 'नेदरल्याण्ड', एथेन्स एफसी 'ग्रीस' तथा समूह ‘एफ’ मा म्यानचेस्टर सिटी 'इंग्ल्यान्ड', शाख्तर डोनेस्क 'युक्रेन', लियोन 'फ्रान्स', होफेनहाइम 'जर्मनी' रहेका छन् । 

समूह ‘जी’मा रियल म्याड्रिड 'स्पेन', एएस रोमा 'इटाली', सिएसकेए मस्को 'रुस', भिक्टोरिया प्लेजेन 'चेक रिपब्लिक' छन् भने समूह ‘एच’ मा युभेन्ट्स 'इटाली', म्यानचेस्टर युनाइटेड 'इंग्ल्यान्ड', भ्यालेन्सिया 'स्पेन', योङ बोइज 'स्विटजरल्यान्ड' छन् । 

च्याम्पियन्स लिगको खेल यहि सेप्टेम्बर १८ देखि शुरु हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?