प्रेमिकाको मनपर्ने गाईको शरीरमा बिहे प्रस्ताव लेख्ने प्रेमी

एजेन्सी : प्रेमिकालाई प्रेमीले बिहेको प्रस्ताव गर्ने चलन पाइन्छ ।

घुँडामा टेकेर “विल यु म्यारी मी” सार्वजनिक रूपमा नदेखिएपनि फिल्ममा यस्ता दृश्य सहजै हेर्न पाइन्छ ।

स्कटल्यान्डमा एक प्रेमीले आफ्नो प्रेमिकालाई मनपर्ने गाईको शरीरमा “विल यु म्यारी मी ”लेखेर प्रस्ताव गरेका थिए ।

इलिद फ्रासरलाई मन पर्ने गाई कर्लीटप थियो ।

उनले त्यस गाईमा बिहे प्रस्ताव लेखे । कर्लीटप तिनको आँखा अगाडि पुग्यो ।

अनि फ्रासरले सोधिन “यो के गरेको ?” त्यसपछि घुँडामा टेकेर गोस्पेलले भने “ विल यु म्यारी मी ” फ्रासरले  जवाफ फर्काइन “ हो ” अनि दुबैले बिहे गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?