अन्तर्राष्ट्रिय सम्मेलन सम्बोधन गर्न नेता नेपाल अमेरिकातर्फ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार अमेरिका प्रस्थान गरेका छन् । 

नेपाल संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि गए राति उनी  अमेरिका गएका हुन् । 

अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र अमेरिकी नेपाली सङ्घको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा अमेरिका र क्यानाडामा रहेका नेपाली कलाकार र व्यक्तित्वसँग भेटघाट पनि हुने नेता नेपालको सचिवालयले जनाएको छ । 

नेता नेपाल भदौ २० गते स्वदेश आउने छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?