उपत्यकामा आज विजोर नम्बरका गाडी मात्रै चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आज (शुक्रबार) बिजोर नम्बर भएका सवारी मात्र चल्न पाउनेछन्।

सवारीको अन्तिम नम्बर १, ३, ५, ७, ९ का गाडी चल्न पाउनेछन् ।

सडकमा सवारी कम भएकाले जाम नभएतापनि सर्वसाधरणले भने सास्ती व्यहोरनु परेको छ । 

राजधानीमा बिहिबारदेखि सुरू भएको बिमस्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै भदौ १३, १४ र १५ गते तीन दिन जोर–विजोर प्रणाली लागु गरेको थियो। सोही अनुसार आज शुक्रबार १५ गते बिजोर नम्बर प्लेट भएका गाडी मात्रै चल्न पाउनेछन् ।

बिमिस्टक सम्मेलन आज काठमाडौं घोषणा पत्र जारी गर्दै सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?