बेरेर राख्न सकिने स्मार्टफोन र ट्याब्लेट

एजेन्सी : क्यानाडाको एक विश्वविद्यालयले मोडेर बेरेर मूठा बनाएर राख्न सकिने ट्याब्लेट बनाएको छ ।

यो ट्याब्लेटलाई लोचदार प्रविधिको प्रयोग गरी बनाइएको छ । परम्परागतरूपमा पत्र वा निम्तो पत्र बेरेर पठाइने चलन छ ।

त्यसरी पठाइने गरिएको मूठाबाट अनुसन्धानकर्ताहरू अभिप्रेरित भए । उनीहरूले निर्माण गरेको लोचदार ट्याब्लेटलाई बेरेर राख्न मिल्ने भएको छ ।

डा. रोएल भर्टेगालले आफू परम्परागतरूपमा बेरेर राख्ने गरेको पत्रबाट प्रभावित भइ यो ट्याब्लेटको विकास गरेको बताए ।

 बजारमा स्मार्टफोन र ट्याब्लेट जस्ता डिभाइसको विकास लोचदार प्रविधिमा ल्याउन प्रतिस्पर्धा चलेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?