३० आश्विन २०७८, शनिवार

विदेशमा बस्ने नेपालीले पनि संहिता पालन गर्नुपर्ने

२०७५,भाद्र,१५,शुक्रवार ०१:५७


काठमाडौँ- मुलुकी अपराध संहिता (ऐन)मा विदेशमा बस्ने नेपालीले पनि कानून उल्लङ्घन गरे कडा कारबाही हुने व्यवस्था गरिएको छ । मुलुकी ऐनलाई प्रतिस्थापन गरी कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा यस्तो व्यवस्था गरिएको हो ।
विदेशमा हुने नेपालीले नेपालीविरुद्ध नै कसूर गरेमा देशभित्रै कसूर गरेसरहको सजाय हुने व्यवस्था सो संहितामा गरिएको छ । मुलुकी अपराध संहितामा विदेशमा कुनै नेपालीको ज्यान लिने वा ज्यान लिने प्रयास गरेमा, असहाय व्यक्तिलाई परित्याग गरेमा तथा अङ्गभङ्ग हुने गरी कुनै काम गरेमा पनि कारबाही हुने छ ।
त्यसैगरी, विदेशमा बसेर नेपालीले नेपाली नागरिकलाई नै अपहरण, शरीर बन्धक वा गैरकानूनी थुनामा राख्ने, जबर्जस्ती करणी वा हाडनाता करणी गर्ने नेपालीलाई पनि नेपालमै कसूर गरेसरहको कारबाही हुनेछ ।  अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

प्रकाशित मिति: २०७५,भाद्र,१५,शुक्रवार ०१:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७