काठमाडौं– बिम्स्टेक सम्मेलनमा भाग लिन काठमाडौं आएका सरकार तथा राष्ट्रप्रमुखहरू शुक्रबारै (आज) देखि स्वदेश फर्किने भएका छन् ।
बिम्स्टेकमा भाग लिन आएका भारत, बंगलादेश, थाइल्यान्ड, श्रीलंका, भुटान र म्यानमारका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख आज फर्किनेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आज तीन देशका प्रधानमन्त्री र एक देशका राष्ट्रपति स्वदेश फर्कने कार्यक्रम छ । शनिबार (भोलि) एक र आइतबार एक देशका पाहुना स्वदेश फर्किनेछन् ।
बंगालदेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन सम्पन्न हुनासाथ फर्किने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि स्वदेश फर्किनेछन् ।
थाइल्यान्डका प्रधानमन्त्री जनरल चन ओ चास र म्यानमारका राष्ट्रपति ऊ विन मिन्ट पनि शिखर सम्मेलन सम्पन्न गरेर स्वदेश फर्कने कार्यक्रम छ । भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पोछिरिङ वाङचुक भोलि र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार फर्कने कार्यक्रम छ । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया