३० आश्विन २०७८, शनिवार

राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा रात्रिभोज

२०७५,भाद्र,१४,बिहीवार १६:३४


काठमाडौँ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले आज साँझ राजधानीमा रात्रिभोज आयोजना गरे ।

नेपालको कलासंस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित उक्त कार्यक्रममा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखका श्रीमान्÷श्रीमती सहभागी थिए । बिम्स्टेकका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई नेपालका पूर्वप्रधानमन्त्रीसँग परिचय गराएका थिए।

रात्रिभोजमा बिम्स्टेक देशका विदेशमन्त्री, विदेश सचिवलगायत प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

 

प्रकाशित मिति: २०७५,भाद्र,१४,बिहीवार १६:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७