८ कार्तिक २०७८, सोमवार

मान्छे मार्ने बाघ नियन्त्रणमा

२०७५,भाद्र,१४,बिहीवार १६:२८


चितवन–दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले आज नियन्त्रणमा लिएको छ ।

बाघलाई डाटगनमार्फत् बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।

यही भदौ ७ गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जितबहादुर राईलाई आक्रमण गरेर मारेको बाघलाई आज साँझ ६ः४२ बजे नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो । बिहानदेखिको ठूलो कसरतपछि मात्र बाघ समातिएको डा गैरेले बताए ।

छ वटा हात्तीको प्रयोग गरेर विगत पाँच दिनदेखिको प्रयासमा बाघ समातिएको हो । यसअघि बाघ नियन्त्रणमा ल्याउन पाडो राखेको भए पनि पाडो खाइसक्दा समेत समाउन सकिएको थिएन । बाघलाई चितवन निकुञ्जको खोरमा ल्याएर राखिनेछ ।

 

प्रकाशित मिति: २०७५,भाद्र,१४,बिहीवार १६:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमााडौं । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । सुदूरपश्चिम

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । बाढीले बेसहारा बनाएकाले छिमेकीको

काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारी डीएसपी विश्वराज खड्काले पाएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले डीएसपी रामेश्वर पौडेललाई

काठमाडौं । पाँचथरमा यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । ५४ जना घाइते मध्ये १० जनाको अवस्था

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६